काठमाण्डौ । हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आज सोमबार नेपालमा बहुप्रतिक्षित हस्कभर्ना ट्विन्स मोटरसाइकल लन्च गरेको छ। 

स्भार्टपिलेन २५० र भिटपिलेन २५० स्विडेन मूलको अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्ड हस्कभर्ना केटीएम गु्रपको एक अंश हो। यसलाई हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपालमा ल्याएको छ। कम्पनीले केटीएम ब्रान्डको अभूतपूर्व सफलतालाई कम्प्लीमेन्ट गर्नलाई हस्क्वाभर्ना ल्याएको हो।
हस्कभर्ना मोटरसाइकल केटीएम शोरूमबाट बेचिनेछ। जुन केटीएम र हस्क्वर्ना दुवै ब्रान्ड बिक्री गर्नका लागि अपग्रेड गरिएको छ। 

हस्कभर्ना स्वार्टपिलेन र भिटपिलेनसँग अद्वितीय स्विडेनी डिजाइन छ। जुन अन्डरस्टेटेड, मिनीमलिस्ट, एलिगेन्ट भएका कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा अत्यन्त भिन्न रहेको कम्पनीको दाबी छ। स्वार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुका साथै यो डुअल पर्पज टायरका साथ आउँछ र अन तथा अफ(रोड दुवै यात्राका लागि उपयुक्त छ। 

भिटपिलन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्यान्डलबार र फ्रन्ट लिन राइडिंपोजिसन छ।

२५० सीसीले फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड, सिंगल(सिलिन्डर, ४–स्ट्रोक डीओएचसी इन्जिन सुविधा प्रदान गरिएको छ। जसले उच्च गतिमा इन्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ । यसले गतिशीलता र रोमाञ्चले भरिएको सवारीको अनुभव कम्पनीको भनाइ छ। कम्प्याक्ट चेसिस डिजाइन, डब्ल्यूपी सस्पेन्सन र प्रिमियम गुणस्तरको कम्पोनेन्टहरूका साथ हस्क्वाभर्ना ट्विन्सले डायन्यामिक प्रदर्शन र उत्कृष्ट सवारीको आराम सुनिश्चित गर्ने कम्पनीले जनाएको छ। 

स्वार्टपिलेन २५० र भिटपिलेन २५०  को विशेष परिचयात्मक मूल्य रु. ५ लाख ६९ हजार ९०० निर्धारण गरिएको छ।

हस्कभर्ना विश्वको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो। यो सन् १९०३ देखि निरन्तर उत्पादन भइरहेको छ। यसले मोटोक्रस रेसिङमा संसारमा वर्षौंको आफ्नो अधिपत्य जमाउँदै आएको छ। आफ्नो अभूतपूर्व स्विडिस निर्माण र शिल्प कौशलका साथ प्रिमियम उच्च प्रदर्शन मेसिनहरु उत्पादन गर्नका लागि पश्चिमी विश्वमा यसले आइकनिक स्थान हासिल गरेको छ।

केटीएमले यसको उच्च प्रदर्शन स्पोर्टस मोटरसाइकलका साथ ठूलो सफलता हासिल गरेको छ। जीवनशैलीको सेग्मेन्टलाई लक्षित गरेर हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएमको सफलतालाई हस्कभर्र्ना मोटरसाइकलहरूका साथ दोहोर्याउने योजनामा छ।

मुख्य हाइलाइटहरू

=>248.8cc Torquey 31 hp DOHC Single Cylinder engine

=>Swedish design – clean, modern aesthetics

=>Premium build quality and finish

=>Strong and lightweight steel trellis frame for responsive handling

=>High quality WP APEX suspension with upside down forks

=>Bosch Dual Channel ABS system

=>LED headlight and taillight

=>Robust 17” cast aluminium wheels

=>High quality components and technology