काठमाण्डौ । स्मार्टफोन जगत्कै सार्बधिक सफल ब्राण्डको रुपमा लिईने वानप्लस नेपाली बजारमा रिलन्च हुने भएको छ । 

वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रो का साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जि समेत नेपाली बजारमा आउने भएको हो । वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रा. लि. मार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तीन मोडल उपलब्ध हुनेछन् । गत बर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याए सँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस बर्ष फाईभ जि प्रविधि र थप उत्कृष्ट डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनुभूति दिलाउन थप सफल रहने विश्वास लिएको छ । 
  
वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज् प्रा. लि. ले मंसिर २९ गते देखि बजारमा ल्याउनेछ । अनलाईन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि–वुकिङ्ग गर्न सकिनेछ । 

यसरी प्रि–वुकिङ्ग गर्ने ग्राहक मध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरुले एकबर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्यूनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्नेछन् ।