काठमाण्डौ । नेपालमा कोरोनाविरुद्ध ‘कोभिसिल्ड’ भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको छ। सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोग गर्न अनुमति दिइएको यो पहिलो भ्याक्सिन हो।
औषधि व्यवस्था विभागले यो भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो। यो भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिइएको विभागले जनाएको छ।
यो भ्याक्सिन सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्छ। यो भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको हो।
यो भ्याक्सिनले यसअघि नै भारतमा आपतकालीन प्रयोगका अनुमति पाइसकेको छ। भारतमा भोलिदेखि यो भ्याक्सिन आममानिसलाई लगाउन थालिनेछ।
नेपालमा भने यो भ्याक्सिनको भारतीय संस्करण प्रयोगमा ल्याउन लागिएको हो।
4 minutes ago
17 minutes ago
29 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago