काठमाण्डौ । ओपोले आफ्नो नयाँ फ्ल्यागसिप मोडलअन्तर्गत ओपो एफ१९प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। 

ओपोद्वारा प्रस्तुत उत्पादनहरुमध्येकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफ सिरिज कम्पनीले नेपालमा पहिलोपटक सन् २०१६ मा सार्वजनिक गरेको हो। अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रोमार्फत थप अगाडी लैजाने तयारी गरेको छ। 

फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ१९प्रोले एफसिरिजको मात्र नभई समग्र ब्रान्डकै लोकप्रियतालाई थप नयाँ उचाइ प्रदान गर्ने विश्वास लिइएको छ। ओपो एफ१९प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिजअन्तर्गतकै सर्वाधिक फेसनेबल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ। 

हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन। तथापि यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ।

हालसम्म कम्पनीले ओपो एफ१९प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन। तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेस गरिने आशा गरिएको छ। 

कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेजमार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ।