काठमाण्डौ । विश्वको नं. १ र नेपालको सबैभन्दा छिटो बढिरहेको प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले बहुप्रतिक्षित केटीएम २५० एड्भेन्चर लन्च गरेको छ। 

नेपालमा व्यापक रुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नका लागि यो मोटरसाइकल लन्च गरिएको हो। यसअघिको केटीएम ३९० एड्भेन्चरले उत्साहीहरुको कल्पनात्मकता र अपेक्षालाई पूरा गरेको थियो। एड्भेन्चर बाइकिङको संसारमा ग्राहकलाई पहिलो कदम चाल्न लगाएर केटीएम २५० एड्भेन्चरले यो फ्रेन्चाइजलाई अझ बढाउने अपेक्षा गरिएको छ।

उत्कृष्ट ह्यान्डलिङ र इन्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटीएम परिवारको  नवीनतम एडिसन हो। यसको वृहत् डिस्प्लेसमेन्ट सिब्लिङको इलेमेन्टहरूको प्रयोग गरेर केटीएम एड्भेन्चर  अत्यन्त  विशेषताहरु प्रदान गर्दछ। जुन ट्राभल–एन्डुरो विश्वका लागि इन्ट्री प्वाइट हो।

यसको मूल्य रु. ७ लाख ४९ हजार ९०० निर्धारण गरिएको छ। देशभरिका सबै केटीएम शोरुममा बुकिङ खुला गरिएको छ।

क्लास लिडिङ पर्फमेन्स

केटीएम २५० एड्भेन्चरमा एक शक्तिशाली २४८ अअ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन छ। जसले पावरब्यान्डमार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्दछ। जुन बढी पुस गर्दा पनि स्पष्ट र रमाइलो छ। इलेक्ट्रोनिक प्mयुल इन्जेक्सनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमा प्रदर्शन संख्या बढाउन मद्दत गर्दछ। 

प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लच (एब्क्ऋ) ले ६–स्पिड गियरबक्सका माध्यमबाट मुभमेन्टका लागि मद्दत गर्दछ र सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ गर्न मद्दत गर्छ। संक्षेपमा भन्नुपर्दा यस मोडेलले उच्च गुणस्तरीय बनौट, इन्जिनियरिङ र डाकार र्याली हेरिटेज अपनाउँछ। जसले केटीएम एड्भेन्चरको समस्त लाइन–अपको प्रतिनिधित्व गर्दछ।

एड्भेन्चरका लागि बनाइएको

उच्चस्तरीय कम्पोनेन्ट्री भएको केटीएम २५० एड्भेन्चर डब्ल्यूपी एपेक्स सेटको स्पेन्सन प्रयोग गरिएको हुन्छ। पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने डब्ल्यूपी एपेक्स अपसाइड–डाउन ४३ एमएम अगाडिको फोर्कमा १७७ एमएम ट्राभल रेन्ज हुन्छ। यसमा हेभ्भी–ड्युटी कास्ट ह्विलहरु (१९÷१७ इन्च) र ट्राभल–स्पेसिफिक ट्युबलेस टायर्स छ र यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पिङ प्रदान गर्छ। 

ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक बाइब्रे ब्रेक्समा ४–पिस्टन र्याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएम रियर ब्रेक डिस्क र लार्ज ३२० एमएम फ्रन्ट ब्रेक डिस्क हुन्छ। बोसको अत्याधुनिक एबीएस प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ। जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साँगुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ।
१४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने बीएस सिक्स इमिसन इन्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ।

कार्यक्रममा हन्सराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका एजीएम (केटीएम) विजय मोक्तानले भने, “भर्खरैका वर्षहरूले हामीले एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएका छन् र बाह्य अन्वेषणमा रुचि बढ्दो छ। हाम्रो एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको छ। यस वर्षको सुरुआतमा सु्रु गरिएको केटीएम एड्भेन्चरलाई बाइकिङ उत्साहीहरूले धेरै राम्रो तरिकाले लिएका छन् र केटीएम एड्भेन्चर मोडल परिवारमा नयाँ सदस्यका लागि बाटो खुलेको छ। केटीएम ३९० एड्भेन्चर प्लाटफर्ममा आधारित, सबै नयाँ केटीएम २५० एड्भेन्चर एक ट्राभल–एंडुरो मोटरसाइकल हो। जुन विश्वको हरेक भागबाट राइडरहरूको एक विस्तृत स्पेक्ट्रमका लागि अपिल गर्दछ। यसको राम्ररी सोचेर तयार गरिएको यात्रा र एड्भेन्चर केन्द्रित एर्गोनोमिक्सले गर्दा केटीएम २५० एड्भेन्चर उचित मूल्यको मोटरसाइकल हो। जसले दैनिक यात्राको लागि रमाइलो सवारीको अनुभव प्रदान गर्नुको साथै शहरी होहल्लाबाट टाढा सहर बाहिरको यात्रामा पनि सजिलै पुर्याउँछ। नवीनतम प्रविधिका साथ टप–स्पेक कम्पोनेन्टहरूको संयोजन गरेर केटीएम २५० एड्भेन्चरले द्रुत गतिले बढ्दै गरेको एड्भेन्चर क्षेत्रमा आफ्नो छुट्टै मापदण्ड तय गर्दछ। केटीएम २५० एड्भेन्चर रोमाञ्चक र सस्तो स्वामित्व योजनाहरूका माध्यमबाट पनि उपलब्ध हुनेछ, थप विवरणहरू केटीएम शोरूमहरूमा उपलब्ध गराइनेछ।”