काठमाण्डौ ।  ओपोले नेपालमा आजबाट एफ१९ प्रोको बिक्री आरम्भ गरेको छ। 

कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्समार्फत स्मार्टफोनको बिक्री खुला गरेको हो। मार्च १६ मा एक अनलाइन लन्च इभेन्टमार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागसिप मोडल ओपो एफ१९ प्रोका साथमा ओपो ब्यान्ड स्टाइल र ओपो एफ१९ पनि सार्वजनिक गरेको थियो। 

नेपालमा ओपोको तेस्रो अनलाइन लाइभ लन्च इभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तीहरु, ओपोका ब्रान्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिक÷गीतकार तथा संगीतकार तृष्णा गुरुङ र पारम्परिक नेपाली लोक बाद्य बादन उपकरण इन्सेम्बल कुटुम्ब ब्यान्डलगायतको उपस्थिति थियो। 

८जीबी र्याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१९ प्रोको मूल्य नेपालमा रु. ४४ हजार ९९० तोकिएको छ। कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्युइड ब्ल्याक गरी दुई आकर्षक रङमा उपलब्ध गराएको छ।

ओपो एफ१९ प्रोमा ६.४३ इन्च पञ्च(होल एमोलेड डिस्प्लेका साथमा सेल्फीका लागि ३२एमपी फ्रन्ट फेसिङ क्यामेरा दिइएको छ। यस स्मार्टफोनको ब्याक प्यानलमा ४८एमपी क्वाड क्यामेरासहित ४ वटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ। तिनमा ४८एमपीको प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइट, २एमपी माक्रो र २एमपी मोनो क्यामेरा रहेका छन्। 

अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफ सिरिज परिचित छ। एफ१९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ। थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमएम अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ग्राममात्र रहेको छ।

एप स्टार्टअप टाइममा तीव्रताका साथै थप प्रतिक्रियात्मक अनस्क्रिन टच र न्यून ल्यागका लागि एफ१९ प्रोमा २.२ जीएचजेड सम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स ए७५ प्राइम कोर्स र २.०जीएचजेड सम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्स ए५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी९५ ओक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ। 

त्यसैगरी फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३०वाट भोक फ्ल्यास चार्ज ४.० प्रविधि सुसज्जित ४,३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा इन(डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ।

ओपो एफ१९ प्रोमा कलरओएस ११ सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ। यसले गर्दा ओपो एफ१९ प्रो मल्टिटास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताका लागि तीव्र कार्य सम्पादनका लागि उपयुक्त छ। 

एफ१९ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप वृद्धि गर्दै ओपो ब्यान्ड स्टाइल पनि आजैका मितिबाट उपलब्ध गराएको छ। मूल्य रु. ५ हजार ५९९ तोकिएको ओपो ब्याण्ड स्टाईल कालो र भ्यानिला गरी दुई आकर्षक रंगमा उपलब्ध गरिएको छ। यसमा कम्पनीले आकर्षक मेटल बकल डिजाइन अपनाएको छ। यो डिजाइनका कारण प्रयोगकर्ताले रिस्ट ब्यान्डलाई लगाउँदा आफ्नो आरामअनुसार आवश्यकता र आरामदायिता अनुभवका लागि ३६० डिग्री सम्म समायोजन गर्न सक्छन्।