काठमाण्डौ । आधुनिक चिकित्सा प्रणाली र उच्च सफलता दरका कारण निस्सन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आईभिएफले आधुनिकीकरण र विश्वस्तरीय सेवामा सधैँ जोड दिँदै आएको छ।  

यसै क्रममा वात्सल्यले Hystero-Salpingo-Contrast-Sonography (HyCoSy) र Sperm DNA Fragmentation Index (DFI) जस्ता दुईवटा नयाँ जाँच विधिको शुरुवात गरेको छ, जुन नेपालमै पहिलोपटक हो।Sperm DFI विधिबाट DNA को स्तरमा कति क्षति पुगेको छरछैन जाँच गर्न सकिने र सोहीअनुसार उपचार गरी सफलता हासिल गर्न सकिने र HyCoSy को माध्यमबाट छिटो, छरितो र सुरक्षित रुपमा बिना रेडिएसन गर्भनलीको अवस्था थाहा पाउन सकिने, Ectopic Pregnancy, endometrial polyps, submucosal fibroids, synechiae, hyrosalpinges, अप्राकृतिक डिम्बाशयजस्ता अवस्था पत्ता लगाई उपचार गर्न सकिने भएका कारण निःसन्तान उपचार थप प्रभावकारी हुने बताउँछन् प्रजनन् विशेषज्ञ डा सुमी मुनाकर्मी।

निःसन्तान उपचारका लागि आउने करिब २५-३०% महिलामा गर्भनलीसम्बन्धी समस्या हुने गर्दछ। ल्यापारोस्कोपीलाई यसको पहिचान र निराकरणमा गोल्ड स्ट्याण्डर्ड मानिन्छ तर यसमा सर्जरी आवश्यक पर्ने र महँगो भएका कारण यसलाई अन्तिम विकल्पका रुपमा नै प्रयोग गरिन्छ। गर्भनली बन्द भएको शंका लागेमा वा अज्ञात कारणले गर्भ बस्न नसकेको भएमा पहिलो चरणको निदानमा प्राय: Hysterosalpingography (HSG) को प्रयोग गरिन्थ्यो तर यसमा प्रयोग हुने एक्स-रेको नकारात्मक प्रभाव कम गर्न र छिटोछरितो रुपमा रेडियोलोजिस्टको संलग्नता बिना नै प्रजनन् विशेषज्ञले HyCoSy को प्रयोग गर्न सक्ने भएको कारण अन्तर्राष्ट्रिय रुपमै HyCoSy को प्रयोग बढेको  छ। यसमा स्लाइन र हावाको मिश्रण प्रयोग हुन्छ र अल्ट्रासाउण्डको मद्दतबाट अवस्थाको परीक्षण गरिन्छ। यसको सफलता दर HSG जस्तै छ र उपचारात्मक भूमिका पनि उस्तै छ तर सहजता, छिटो नतिजा, दिर्घकालिन असर कम हुने, छुटै रेडियोलोजिस्टको आवश्यकता नपर्ने र एक्स-रेको प्रयोग नहुने भएको कारण यो विधि प्रयोगमा ल्याइएको हो। 

केही विकसित मुलुकमा HSG को प्रयोग नै बन्द भइसकेको छ, HyCoSy को मात्रै प्रयोग हुन्छ। वात्सल्यले पनि नेपालमा पहिलो पटक यो विधि ल्याएर आफ्नो सेवालाई थप गुणस्तरीय बनाएको छ।

हालका केही अध्ययनले करिब ५०% बाँझोपनका अवस्था पुरुषसँग सम्बन्धित रहेको देखाएको छ। यस्तो अवस्थामा पहिलेदेखि प्रयोग हुँदै आएको Sperm Test ले परीक्षणको सबै दायरा पूरा नगरी सामान्य चाल, संख्या, बनोट आदिको मात्र जानकारी दिने हुँदा बाँझोपनका कारण पूर्ण रुपमा पत्ता लाग्न नसक्ने देखिएको छ। यस असहजतालाई मेट्दै शुक्रकिटको डीएनएसम्मको शूक्ष्म अध्ययनबाट पुरुषको प्रजनन् क्षमताको उचित जानकारी दिन र निषेचन योग्यर अयोग्य शुक्रकिटबीच स्पष्ट फरक छुट्याउन Sperm DFI को प्रयोग हुन थालेको हो। यस विधिबाट शुक्रकिटको डीएनएमा कति क्षति पगेको छ, मापन गर्न सकिन्छ र सोहीअनुरुप थोरै क्षति पुगेको भएमा IUI / IVF  र धेरै क्षति पुगेको भएमा ICSI को प्रयोग गर्न सल्लाह दिन सकिन्छ। यसबाट असफलताको सम्भावना कम हुने र आर्थिक भार र मानसिक तनाव पनि कम हुने सम्भावना बन्छ। यसबाहेक निषेचनको समस्या, भ्रूण विकासमा देखिने समस्या, गर्भ नबस्ने समस्या, गर्भ खेर जाने र अज्ञात कारणले गर्भधारण नहुने समस्याका कारण पनि पत्ता लाग्ने सम्भावना रहन्छ।

वात्सल्यले शुरुवात गरेका यी दुई आधुनिक जाँच विधि निस्सन्तान उपचारलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीको सन्तान प्राप्तिको सपनालाई थप सहज बनाउन कोशेढुंगा सावित हुनेछन्। थप जानकारी वा सेवाका लागि वात्सल्यको नारायणचौर नक्सालस्थित क्लिनिक (01-4534554 / 01-4534576)  मा सम्पर्क गर्न सकिनेछ वा www.vatsalya.com.np बाट पनि जानकारी लिन सकिनेछ।