– रेखा चन्द

काठमाण्डौ । आज मंलगबार अमेरिकी डलरको भाउ इतिहासकै महँगो बनेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आज १ डलरको खरिददर १२७.६६ रुपैयाँ र बिक्रीदर १२८.२६ रुपैयाँ कायम भएको छ। जुुन आजसम्मकै उच्च मूल्य हो। 

पछिल्लो समय डलरको भाउ लगातार बढ्दै जाँदा नेपाली मुद्रा झनै कमजोर हुँदै गइरहेको छ। यसरी दिनदिनै नेपाली मुुद्राको अवमूल्यन हँुदा सम्रग अर्थतन्त्र कमजोर बन्नुुका साथै कठिन अवस्थाबाट गुुज्रिरहेको छ। 

नेपालको अर्थतन्त्र आयातमुुखी रहेकाले बाहिरबाट सामान डलरमा भुक्तानी गर्नुपर्ने भएकोले महँगो पर्ने हुन्छ। जसका कारण व्यापार घाटा बढ्न जान्छ र विदेशी मुुद्राको सञ्चितिमा कमी आउने गर्दछ। 

यस्तै डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्रमा फाइदाभन्दा पनि बेफाइदा बढी हुने विज्ञहरु बताउँछन्। आयातमा भर पर्नुपर्ने हुनाले नेपाली मुद्रा एकदमै कमजोर बन्ने र डलरमा पेमेन्ट गर्नुपर्ने हुँदा बढी बेफाइदा हुने विश्लेषण विज्ञहरुको छ। अहिले भारतको अर्थतन्त्र र मुद्रा कमजोर बन्दा विश्वमा डलरको भाउ बढेको उनीहरु बताउँछन्।

नेपालको अर्थतन्त्र आयातमुखी भएका फाइदाभन्दा पनि बेफाइदा बढी भएको अर्थशास्त्री मुुक्तिबहादुर खत्री बताउँछन्। १६–१७ खर्बको आयात र १ खर्बको मात्रै निर्यात भइरहेको अवस्थामा डलरको भाउ बढ्दा सकारात्मक प्रभाव नपार्ने उनको भनाइ छ। ‘नेपालको अर्थतन्त्र आयातमुखी छ, त्यसैले डलरको भाउ बढ्दा अर्थतन्त्रमा फाइदाभन्दा पनि बेफाइदा बढी हन्छ’, उनले भने, ‘नेपालले जम्मा १ खर्बको निर्यात गर्दा बाहिरबाट १६–१७ खर्बको वस्तु आयात गर्छ। यस्तो अवस्थामा हामीलाई सकारात्मक प्रभाव पार्दैन।’

डलरको भाउको बढोत्तरी हुँदा फाइदाभन्दा पनि बेफाइदा बढी हुने अर्का अर्थविद् डा. गोबिन्द नेपाल बताउँछन्। रेमिट्यान्सबाट पठाउनेको पैसा नेपालीमा रुपान्तरण हुुँदा धेरै रकम पाइने अवस्थामा डलरको भाउ बढ्दा फाइदा हुने उनको तर्क छ। ‘विदेशबाट रेमिटेयान्स पठाउनेहरुलाई मात्रै यसले फाइदा पुुग्छ तर हाम्रो निर्यात धेरै नभएकाले फाइदा हुने कुरा भएन’, उनले भने, ‘विशेषतः हामी आयातमा आधारित भएको हुनाले वस्तुहरु महँगो पर्न जाँदा हामीलाई फाइदाभन्दा पनि बेफाइदा बढी छ।’ 

अर्को भारतसँगको व्यापारमा भुुक्तानी गर्दा पेमेन्टमा डलरले भारतीय मुुद्रा तुुलनात्मक रुपमा अलि बढी पाउने उनी बताउँछन्। ‘जसलाई फाइदाका रुपमा हेर्न सकिन्छ’, उनले भन, ‘तर डलर महँगो हुँदा भारतमा बनेको सामान पनि नेपालमा महँगो पर्न जान्छ। व्यापारीले नेपाली मुुद्राबाट डलरमा सामान किन्दा सो सामान यहाँ पनि महँगो पर्नु पनि बेफाइदा रहेको हो।’ 

त्यस्तै डलरको मूुल्य बढ्दा रेमिट्यान्स पठाउनेहरु पनि बढ्ने भएकाले त्यो अर्थतन्त्रका लागि फाइदा भएको अर्का अर्थशास्त्री डिल्लीराम खनालले बताए। निर्यातमुखी अर्थतन्त्र भएको भए फाइदा पुुग्न सक्ने उल्लेख गर्दै उनले आयातमुुखी भएकाले त्यो हुन नसकेको बताए। 

डलरको भाउ बढ्दा नेपालको निर्यात बढाउनका लागि प्रेरणा मिल्ने खनालले बताए। ‘रेमिट्यान्स पठाउने नेपालीलाई डलरको भाउ बढदा फाइदा हुन्छ तर हामी आयातमा भर पर्नुपर्ने हुँदा फाइदाभन्दा पनि बेफाइदा छ’, उनले भने, ‘जसले उद्योगधन्दा बढाउने र निर्यात बढाउने प्रेरणा दिएको छ।’

विभिन्न कारणले डलरको भाउ बढ्दै जाने र त्यसले विश्वको अर्थतन्त्रमा संकट आउँदा नेपाल पनि त्यसबाट अछुतो नरहने खनाल बताउँछन्। ‘त्यसैले डलरसामु स्वदेशी मुद्रा कमजोर बन्द चुुनौती बढ्ने गर्छन्’, उनले भने। 

नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान ठूलो रहेको छ। डलरसामु नेपाली मुुद्रा सस्तो हुँदा पर्यटकलाई पनि फाइदा हुने गर्दछ। खर्चको हिसाबले नेपाल आउँदा सस्तो पर्नुका साथै थप प्रोत्साहन मिल्ने गर्दछ।

विदेशमा पढ्न जाने नेपालीको संख्या ठूुलो छ र यो संख्या दैनिक बढिरहेको छ। उनीहरुले बाह्य मुलुकमा पढ्न जाँदा विदेशी मुद्रामा पैसा तिर्नुपर्छ। डलरको भाउ बढ्दा विद्यार्थीमाथि आर्थिक बोझ बढ्छ।