काठमाण्डौ । विश्व महामारी कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ। 

अध्यागमन विभाग सोमबार सूचना प्रकाशित गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको हो। सूचनामा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाइएको जनाएको छ।

विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आगमन गर्न र नेपालबाट विदेश जान साविकबमोजिम नै नियमित रहने पनि विभागले जनाएको छ।