काठमाण्डौ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका विभिन्न पदमा २ हजार २ सय १४ जना जनशक्ति मागेको छ । 

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका ती पदहरुमा योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरिएको हो । 

सूचना अनुसार भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाका लागि विभिन्न पदका लागि ४ सय ४२ जना मागिएको छ । यसैगरी, पूर्वी पृतना हेडक्वार्टर इटहरीका लागि १ सउ ६८, नयाँ गोरख गण सिरहाका लागि १ सय १०, श्रीदल गुल्म संखुवासभाका लागि ७८, मध्य पृतना हेडक्वार्टर हेटौडाका लागि १ सय २०, श्री फस्टरैफल गणे जलेश्वरका लागि १ सय १० जना, श्री महिन्द्र दल गण भरतपुरका लागि १ सय १० जना जनशक्ति मागिएको छ । यसैगरी, श्री बज्रदल गुण नवलपरासीका लागि १ सय ६१, भीम दल गण जोमसोमका लागि ४०, रामवाण गुल्म दमौलीका लागि २ सय ५, मध्यपश्चिम पृतना हेडक्वार्टर सुर्खेतका लागि १ सय १४, श्रीनम्बर २४ बाहिनी अड्डा जुम्लाका लागि ८४, श्री भैरवप्रसाद गण, सल्यानका लागि ७९ जनशक्ति मागिएको छ । यस्तै, श्री नम्बर ५ बाहिनी अड्डा धनगढीका लागि १ सय ३६, दुर्गाबक्स गण अछामका लागि ८०, श्री गरुडदल गण डडेलधुराका लागि ९३ तथा गोरखबहादुर गण सिन्धुपाल्चोकका लागि ८४ जनाको रिक्त पदमा जनशक्ति मागिएको छ । 

इच्छुकहरुले दरखास्त आह्वान गर्ने केन्द्रहरुमै आवेदन दिन सक्ने र बैशाख १५ गतेदेखि जेठ १३ गतेसम्म दरखास्त दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । साथै जेठ १३ गतेपछि पनि दोब्बर दस्तुर बुझाई एकसाताभित्र आवेदन फारम भर्न सकिने बताइएको छ । प्रकाशित सूचनामा आवश्यक योग्यता, शारिरीक योग्यता, अन्य योग्यता, उमेरको हद, दरखास्त साथ समावेश गर्नुपर्ने आवश्यक कागजातहरु, फोटोग्राफ, छनौट प्रक्रिया, सम्पर्क मिति र स्थान लगायतको बिषयमा प्रष्ट्याइएको छ ।