काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले अल्ट्रालंग ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई अझै मजबुत बनाएको छ।

आकर्षक जियोमेट्रेटिक डिजाइनका साथ ८ कोरको स्न्यापड्रागन प्रोसेसर क्वेलकम फिचरले २० हजारसम्म मूल्य पर्ने स्मार्टफोन सेग्मेन्टमा यस मोबाइल फोनलाई अलग स्थानमा पुर्याएको छ। यस मोबाइलमा उच्चतम स्क्रिन र बडीको अनुपात मिलेको ६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले, चारवटा लेन्ससहितको क्यामेराका साथ थप आकर्षक बनाइएको यो मोबाइल फोन विषेशगरी युवाहरुलाई लक्षित गरि डिजाइन गरिएको छ। 

रियलमी विश्वभरका ५० करोड स्मार्टफोन प्रयोगकर्ताको सूचीमा ७ औँ स्थानमा पर्दछ। यो वर्तमान समयमा एकदमै चाँडो बजारमा आफ्नो शानदार हस्तक्षेप जनाएको मोबाइल फोन ब्रान्ड हो। यसले आफ्ना प्रयोगकर्ताको चाहनाअनुसार आफ्ना नयाँ संस्करणका मोबाइल फोनहरुको डिजाइन गर्दै गएको छ, जसका कारण पनि ग्राहक रियलमीका मोबाइल फोनप्रति आकर्षित छन्। 

सी सिरिजको मोबाइल फोनमा विश्वभरबाट राम्रो प्रतिक्रिया पाइराखेकाले कम्पनीले यस सिरिजलाई विशेष प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई वृद्धि गरिरहेको छ। उच्च पर्फमेन्स, एकपटकको चार्जले लामो समयसम्म टिक्ने पावरफुल ब्याट्री, डिजाइनलगायतका कारण यो मोबाइल फोन स्मार्टफोन प्रयोगकर्ताका लागि एकदमै राम्रो विकल्प भएको दाबी कम्पनीको छ।

कम्पनीले सी १५ मोबाइल फोनलाई ४६० एसओसीको क्वेलकम स्न्यापड्रागन प्रोसेसरले द्रूत र शक्तिशाली बनाएको छ। ८ कोरको उक्त प्रोसेसरले १.८ गिगाहर्जसम्म दैनिक प्रयोग हुने एप अपरेसनभन्दा बाहिर पनि सधैँ काम गरिरहेको हुन्छ। कम पावरमा मोबाइलले ११ प्रोसेर टेक्नोलोजीमा काम गरिरहेको हुने भएकाले मोबाइलमा ह्याङ्ग हुने समस्या रहँदैन भने यसले मोबाइलको पर्फमेन्स पनि राम्रो बनाएको छ।

मोबाइलको ग्राफिक प्रोसेसिङ युनिट(जीपीयु) निकै आकर्षक रहेको छ। क्वेलकम एड्रेनो ६१० जीपीयुले ग्राफिक प्रक्रियालाई अघिल्लो संस्करणको मोबाइल फोनको भन्दा वृद्धि गरेको छ। यसका प्रयोगकर्ताले यस सिरिजको मोबाइल फोनमा पहिलोपटक आकर्षक क्यामेरा पफर्ममेन्स, राम्रो र सटिक लोकेसन ट्र्याकिङ, राम्रो कनेक्टीभीटीको पनि अनुभूति गर्न पाउनेछन्।

मोबाइल फोनमा सबैभन्दा महत्वपूर्ण रहने ब्याट्रीको पर्फमेन्सलाई नजीकबाट बुझेर कम्पनीले ब्याट्रीलाई बढी टिकाउ बनाउने प्रयास गरेको छ। कम्पनीले यस फोनमा विश्वमै पहिलोपटक १८ वाटमा तीब्र र पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्री राखेको छ। एकपटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २६.८ घण्टा युट्युब हेर्न सकिनेछ, सामान्यतया एकपटकको चार्जले ४८ दिनसम्म मोबाइल फोन चल्ने दाबी कम्पनीको छ। यसमा सुपर पावर सेभिङ मोड पनि राखिएको छ।

कम्पनीले मोबाइलमा ६.५ इन्चको मोबाइल ड्रप डिजाइनमा क्विड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ। ६.५ इन्चको स्क्रिनका कारण यसमा खिचिएको भिडियो एकदमै हेर्न उत्कृष्ट तथा मनमोहक छ। यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ।

यो फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ। 

यस्तै, अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमा फोटो, एआई ब्युटीलगायतका सुविधा प्रदान गरेको छ।

यसलगायत मोबाइलमा विभिन्न फिचर्सहरु प्रदान गरिएको छ। नीलो र सिल्भर कलर दुई विकल्पमा उपलब्ध यो मोबाइलको डिजाइनका क्रममा नीलो समुद्र तथा माथि उडिरहेको समुन्द्रि चरा जस्तो देखाउन खोजिएको छ। चारवटा कर्नर बलियो गरी बनाइएको छ, जसले स्क्रिन ड्यामेज हुनबाट धेरै हदसम्म बचाउँछ। स्मार्टफोन कम्पनीहरुले स्मार्टफोनलाई फरक देखाउने त्यति धेरै प्रयासहरु नगर्ने भएपनि रियलमीले डिजाइनमा निकै मेहनत गरेको छ। जसका कारण इन्ट्री लेभलको यस फोनको डिजाइन पनि अत्याधिक आकर्षक देखिन्छ।

कम्पनीले यस फोनको खरिदमा ३६५ दिनको वारेन्टीसमेत दिएको छ। कम्पनीले नेपालमा ४÷६४ जीबीको यस मोबाइल फोनको मूल्य  १९ हजार ९९० राखेको छ। कम्पनीले यसअघि सी १२ फोन १६ हजार ९९० र सी ११ फोन १४ हजार ४९० मा बिक्री गरिरहेको छ।