काठमाण्डौ । आफ्ना स्थापित ‘जी’ र ‘ई’ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ। 

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कलमोबिलिटी प्रालिका साथमा भएको छ। जसको एउटा रोचकर साझा इतिहास छ। 

सन् २००७ मा कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सी सिरिजजस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो। नेपालमा यी मोडल अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब्रान्डहरूमा नेपालमा अग्रणी ब्रान्डका रुपमा रहिरह्यो। मोटोरोला कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य राख्दछ।

विश्वव्यापी रुपमा नै मोटोरोलाका ई सेभेन पावर अतिलोकप्रिय उत्पादन हो। जसमा सन् २०१९ सम्ममा जी वर्गको बिक्रीमात्र नै १० करोडभन्दा धेरै भएको छ। ई वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ, जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवनशैलीमा स्तरोन्नति गर्न खोज्दैछन् भने उत्पादनहरू ‘सबैका लागि अधिकतम लाभ’को वाचासहित आउँछ। जसले उपभोक्ताको ठूलो जमातलाई बढेको अनुभव प्राप्त होस् भनेर प्रिमियम विशेषताहरूको प्रजातन्त्रीकरणको तात्पर्य राख्दछ। यस वाचाका लागि सत्य बन्दै मोटो ई सेभेन पावर आफ्नो वर्गमा उत्कृष्ट विशेषताहरूसहित असाधारण मूल्यमा उपलब्ध छ। 

मोटो ई सेभेन पावर कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरै थोकमा एउटा शक्तिशाली फड्को हो। सबैका माझ सामर्थ्य प्रवाह गर्ने गरी डिजाइन गरिएको नयाँ मोटो ई सेभेन पावर उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाइमा पुर्याउँदछ। पूर्ण रुपमा नयाँ मोटो ई सेभेन पावरको आफ्नो वर्गमा उत्कृष्ट समग्र अनुभव छ । एउटा अत्यन्त चाँडो काम गर्ने र २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा, ५००० एमएएचको ब्याट्री, ६.५” एचडी  अल्ट्रा-वाइड डिस्प्ले,  १३ एम पी  ड्यूल क्यामेरा, मोटोरोलाकै आफ्नो स्टक एन्ड्रोइड् अनुभवका साथ केवल १२ हजार ९९९ रुपैयाँ।

कलमोबिलिटी वरिष्ठ व्यवस्थापनले भने, ‘हामी मोटोरोलालाई नेपालमा पुनः ल्याउन पाउँदा अत्यन्त रोमान्चित र हर्षित छौँ। हामी मोटोरोलाका मुख्य मूल्यमान्यताहरूमा साँच्चै नै विश्वास गर्दछौँ। मोटोरोलाको नवीनताका लागि लगावसँग हाम्रो वितरण र बिक्रीपछिको सञ्जालको साथले गर्दा हामी सन् २०२१ सम्ममा मोटोरोलालाई नेपालको एउटा अग्रणी स्मार्टफोन ब्रान्ड बनाउन सक्नेछौं भन्नेमा विश्वस्त छौँ।’