काठमाण्डौ । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रालि (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ।

काठमाण्डौको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्रीवितरण भइरहेको छ। इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोचअनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्रीवितरण प्रारम्भ गरिएको कम्पनीले जनाएको छ।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ। एकपटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोहीअनुरुपको बजार लिने अपेक्षा गरिएको छ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन्। नेपाली बजारमा हाल ४ मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडलसमेत क्रमशः उपलब्ध गराउँदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ।

लक्ष्मी ई मोबिलिटी प्रालिले काठमाण्डौको टेकुमा आफ्नो सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ। कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरसिपका लागिसमेत आवेदन लिँदैछ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो। हिरो इलेक्ट्रिकका हजारौँ सन्तुष्ट ग्राहक छन्। हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ।