काठमाण्डौ । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुला गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि शुक्रबारदेखि आवेदन खुला गरेको हो। मन्त्रालयद्वारा जारी सूचनाअनुसार पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा १०० जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको छ। बेलायत जान इच्छुकले अनलाइन आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
पीसीएल नर्सिङ पूरा गरेका र नर्सिङमा स्नातक एवं स्नातकोत्तर तहसम्म अध्ययन गरेकोले आवेदन दिन पाउनेछन्। न्यूनतम २ वर्षको कार्यानुभव र आईईएलटीएसमा ७ स्कोर ल्याएको हुनुपर्नेछ।
कात्तिक २ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago