काठमाण्डौ । ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ ले ‘नितेशजंग कुँवर’को साथमा प्रिभे नेपाल, होटेल सोल्टि क्राउनप्लाजामा आयोजित टुबोर्ग ओपन समुद्घाटन कार्यक्रम २०१९ मा प्रस्तुति दिनका लागि नेपाल आएका छन् ।

उनीहरुको २ दिने नेपाल भ्रमणको पहिलो दिनमा टुबोर्ग ओपन समुद्घाटन कार्यक्रम २०१९ मा नितेशजंग कँुवरसँग प्रस्तुति दिएका छन् र आफ्ना फ्यानहरुसँग भेट गरी अन्तरक्रिया गर्ने मौका दिएका छन् । 

टुबोर्गले सामाजिक सञ्जालहरुमा डिजिटल अभियान संचालन गरी ईच्छुक दर्शकहरुलाई उक्त कार्यक्रमको पासहरु प्रदान गरेको थियो । अब, नितेशजंग कुँवरले क्लिन व्यान्डिटलाई काठमाडौंको भ्रमण गराउनेछन् ।

दर्शकहरुको अनुभव नै क्लिन व्यान्डिटको नेपाल भ्रमणको पहिलो प्राथमिकता रहेको छ जहाँ, उनीहरु नितेशको संगीत झल्किने स्थानिय संस्कृतिमा झुम्नेछन् । क्लिन व्यान्डिटले नेपालमा नितेशजंग कँुवरसँग बिताएको अनुभवहरु झल्काउँदै उनीहरुले नयाँ ट्रयाकका लागि सांगीतिक सहकार्य गर्नेछन् ।

नेपाल भ्रमणबारे ज्याक प्याटेरसन्ले भने–‘स्थानिय संगीत संस्कृतिबारे नयाँ कुराहरु सिक्नकाृ लागि काठमाडौंको विभिन्न ठाउँहरु घुम्नेछौं । नयाँ ठाउँ र व्यक्तिहरु भेट्नु निकै अविस्मरणीय अनुभव रहनेछ र हाम्रो संगीतप्रेमीहरुसँग भेट गर्न पाउँदा निकै उत्सुक छु ।’

सांगीतिक सहकार्यको माध्यमबाट क्लिन व्यान्डिट र नितेशजंग कुँवरले मानिसहरुलाई आफूलाई थाहा भएको र मनपर्ने बाहेक नयाँ शैली र अनुभवहरुका लागि खुल्ला रहन प्रेरणा गर्ने आशा राखेका छन् । 

टुबोर्ग ओपनले विश्वभरका मानिसहरुलाई नयाँ शैली र अनुभवहरुका लागि खुल्ला रहन र ती अनुभवहरु अरुसँग साट्न प्रोत्साहन गरेको छ ।