काठमाण्डौ । बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै हिजो शनिबारदेखि निक्षेप खाताहरुमा Mobile Banking, Internet Banking, Demat Account, Mero share, C-ASBA / VISA Debit  कार्ड निःशुल्क प्रदान गर्ने भएको छ । 

साथै बैंकद्वारा ८४औं वार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताइएको छ ।

बिक्रम संम्वत् १९९४ कात्र्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भई नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिग सेवामा समर्पित रही अत्याधुनिक बैंकिग सुविधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।