काठमाण्डौ । नेपाल र चीनबीच प्राथमिकताका १३ बुँदे समझदारी भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा ती समझदारी भएको हो। सझदारीपत्रमा नेपाल र चीनका अधिकारीहरुले हस्ताक्षर गरेका छन्।
नेपाल र चीनबीच १० वटा सम्झौता र ३ वटा समझदारी भएका छन्। सम्झौता र समझदारीपत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशनसम्बन्धी सम्झौता आदान–प्रदान पनि भएको छ। संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी सम्झौता पनि दुवै देशबीच भएको छ।
विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।
चिनियाँ प्रधानमन्त्री छयाङ्ले चीन–नेपाल सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री दाहालको विशेष योगदान रहेको भन्दै प्रशंसा गरे। उनले प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्ता फलदायी रहेको बताए।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
21 hours ago
22 hours ago