काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको झन्डै ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

कम्पनीले संस्थापक सेयरधनी अनन्तकुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता र सुभाष संघईको नाममा रहेको ४०० कित्ता गरी कुल ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन्। 

इच्छुक संस्थापक सेयरहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र नेपाल लाइफको काठमाण्डौ कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। 

निर्धारित समय सिमाभित्र कुनै निवेदन पेस नभएमा कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।