काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त सीईओ प्रवीणरमण पराजुलीले पद बहाली गरेका छन्। 

सीईओ पराजुली बुधबार (साउन ४ गते)बाट पद बहाली गरेका हुन्। उनलाई कम्पनी सञ्चालक समितिले ४ वर्षको करारमा नियुक्त गरेको हो। 

बीमा समितिले गत साउन ३ गते कम्पनीलाई पत्र पठाएर पराजुलीलाई सीईओ नियुक्ति गरिएकोमा स्वीकृति प्रदान गरेको थियो।