काठमाण्डौ । नेपाल सेवा लघुवित्त र विन लघुवित्तले यही कात्तिक १५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

सिन्धुपाल्चोकको मेलम्चीमा रहेको नेपाल सेवा लघुवित्त र धादिङको गल्छीमा रहेको विन लघुवित्तबीच मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले गत भदौ १५ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। राष्ट्र बैंकको स्वीकृतिपश्चात यी दुवै लघुवित्तले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्।

नेपाल सेवा लघुवित्त र विन लघुवित्तबीच १ः०.७५ सेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन्। मर्जरपछि बन्ने लघुवित्तको केन्द्रीय कार्यालय सिन्धुपाल्चोकको मेलम्चीमा रहनेछ।