काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले मंगलबार(आज)देखि १० बराबर ६.५ अर्थात(६५ प्रतिशत)को दरले हकप्रद सेयरको बिक्री खुलाएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । 

इच्छुक र योग्य सेयरधनीले चैत २५ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयरको प्रयोजनका लागि यसअघि माघ २७ गते(आइतबार) बुक क्लोज गरेको थियो । यसको अर्थ माघ २४ गतेभित्र कम्पनीको सेयर खरीद गर्ने सेयरधनी हकप्रद खरीदका लागि योग्य मानिनेछन्। 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई ग्रेड फोर प्लसको रेटिङ दिएको थियो, जसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
कम्पनीको हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब माथि पुग्नेछ ।