काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडे आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कम्पनीको असार ५ गते बसेको संचालक समितिको २८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी १ खर्ब १ करोड ९१ लाख रुपैयाँ रहेको छ । कम्पनीले ७ करोड ६४ लाख ३२ हजार ७८९.७२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ४० लाख २२ हजार ७७८.४१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 

प्रस्तावित बोनस सेयरपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब ९.५ करोड भन्दा माथि पुग्नेछ । 

प्रस्तावित लाभांश नियामक बिमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।