काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १२ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब १४ करोड रुपैयाँमा थियो । बैंकको नाफा ४१.५६ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो वर्ष १ अर्ब ६० करोड रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ९७ करोड रुपैयाँमा सीमित खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर २ अर्ब ९१ करोड पुगेको छ ।

अघिल्लो वर्ष ९४ करोड १४ लाख रुपैयाँ रहेको रिटेन अर्निङ यो वर्ष बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । बैंंकले अघिल्लो वर्षको तुलनामा २२.६२ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार ३ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार २ अर्ब ७० करोड रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ५९ अर्ब ८२ रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ७२ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४८ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष १४.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष बढेर २०.०२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात १.५६ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ७.६० प्रतिशत र आधार दर १०.२० प्रतिशत रहेको छ ।