काठमाण्डौ । अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आप्mना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै म्याचुुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ । 

म्याचुुरिटी क्लेम सेवा मार्फत आप्mना बीमितहरुले बीमा लेख परिपक्व हुने समयावधिको जानकारी लिन सक्नेछन् । यस सेवामा परिपक्व अवधिको समय पुगेका बीमितहरुले आप्mनो बीमा लेखको म्याचुुरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याचुुरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ । 
त्यसैगरी क्लेम इन्टिमेसन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।

तलको लिंकमा गएर सिधै उक्त सेवा लिन सकिनेछ ।
https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx

नेपाल लाइफले आप्mना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आप्mनो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जस अन्तर्गत आप्mना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आप्mना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आप्mना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा भर्चुुअल अफिसको रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।
यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आप्mना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख,  शाखा÷उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भ(क्भधब, एचबदजग एबथ र ल्भउब िक्ष्लखभकतmभलत द्यबलप मार्फत इलष्लिभ भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।
साथै  यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।