काठमाण्डौ । नेपाल बैंक लिमीटेडले कोरोना रोकथाम र नियन्त्रणका लागि संघीय तथा प्रदेश सरकारले गरेको प्रयासमा साथ दिंदै यसअघि घोषित १ करोड सहयोगलाई बढाएर १ करोड ३५ लाख पुर्याउने निर्णय गरेको छ । 

बैंकले यसअघि केन्द्र सरकारले स्थापना गरेको कोरोना सहयोग कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो । 

बैंकले देशका ७ वटै प्रदेश सरकारले स्थापना गरेका कोरोना रोकथाम तथा नियन्त्रण सहयोग कोषलाई पनि सहयोग गर्ने निर्णय गरेको हो । 

बैंकले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तरगत प्रत्येक प्रदेशलाई ५ लाख रुपैयाँको दरले कुल ३५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रदेश सरकारहरुलाई समेत उपलब्ध गराइने सहयोगसहित यो बैंकले कोरोना रोकथामका लागि कुल १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्नेछ ।