काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले खुद नाफा २.६४ प्रतिशत बढाउन सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १३ करोड ६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले खुद प्रिमियमबापत ४३ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत ३८ करोड ६७ लाख रुपैयाँ थियो। 

कम्पनीले लगानी, ऋण र अन्यबाट ५ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले यो शीर्षकमा ६ करोड १७ लाख रुपैयाँ आर्जन गरेको थियो।

तेस्रो त्रैमासमा कम्पनीले पुनर्बिमा कमिसनबापत १२ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबापत ११ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा ३४ करोड ५८ लाख रुपैयाँ र बिमा कोषमा ३६ करोड ४७ लाख रुपैयाँ रहेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.३२ रुपैयाँ रहेको छ। पीई रेसियो २१.२६ गुणा रहेको छ।