काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्त भएसँगै प्रसाईले कार्यवाहक सीईओको जिम्मेवारी पाएका हुन्। गत असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो। 

प्रसाई यसअघि कम्पनीमा उपप्रमुख कार्यकारी अधिकृत थिए। प्रसाई विगत ३ वर्षदेखि यो कम्पनीमा आवद्ध छन्। उनीसँग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्ष लामो कार्यानुभव रहेको छ।