काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गर्न लागेको ४ अर्ब रुपैयाँको ऋणपत्रलाई इक्रा नेपालले (इक्राएनपी) एलए चिन्ह प्रदान गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर दिने गरी ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन लागेको हो । 

क्रेडिट रेटिङ संस्थाका रुपमा रहेको इक्रा नेपाल लिमिटेडले इन्भेष्टमेन्ट बैंकलाई प्रदान गरेको (इक्राएनपी) एलए चिन्हले धितोपत्र उपकरणहरु समयमा वित्तीय दायित्व पूूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित मानिने र न्यून क्रेडिट जोखिम रहने जनाएको छ ।