काठमाण्डौ । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.र वायरबार्ले (  WireBarley) बीच विप्रेषण  कारोबार गर्ने सम्झौता भएको छ ।

यस सम्झौता पछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी वायरबार्र्र्र्लेको मोबाइल एप अथवा अनलाइन पोर्टल प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । वायरबार्लेको मोबाइल एप गुगल प्लेस्टोर वा एप्सस्टोरबाट डाउनलोड गरी आफ्नो मोबाइलमा इन्सटल गर्न सकिन्छ । वायरबार्ले मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायरबार्ले  मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । 


देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र वायरबार्ले बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

यस अघि नेपाल इन्भेष्टमेन्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरु सँग सम्झौता गरी कारोवार गर्दै आएको छ ।