काठमाण्डौ । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा १२९ जना कर्मचारी करारमा माग गरेको छ।

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यो कम्पनीमा साधारण लेखपढ गर्न जानेकादेखि लिएर स्नातक तहसम्म अध्ययन गरेकाहरुलाई विभिन्न पदमा दरखास्त दिन आहवान गरिएको हो। कम्पनीले श्रेणी विहीनदेखि छैटौँ तहसम्मका लागि कर्मचारी भर्ना गर्न लागेको छ।

धनुषाको जनकपुरमा केन्द्रीय कार्यालय रहेको यो कम्पनीले छैटौँ तहमा ५ जना, पाँचौँ तहमा २० जना, चौथो तहमा २८ जना, तृतीय तहमा ३, द्वितीय तहमा २४ जना र १ तहमा ३९ जना तथा श्रेणीविहीनमा १० जना कर्मचारी माग गरेको हो।

कम्पनीले प्रशासन, कानुन, इन्जिनियरिङ र विविध सेवामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र (असोज १२ गतेसम्म) यस कम्पनीको वेबसाइटमा गएर अनलाइन दरखास्त भर्नुपर्नेछ। दरखास्त दस्तुरका रुपमा अधिकृत तहका लागि १ हजार रुपैयाँ, सहायक स्तरका लागि ४०० रुपैयाँ र श्रेणीविहीन स्तरका लागि ३०० रुपैयाँ तिनुपर्नेछ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् –