काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्न सम्झौता गरिएकोमा आजबाट एनपीएसको प्रणाली इन्टीग्रेसन भई सञ्चालनमा आएको छ । 

उक्त सम्झौता पश्चात् एनपीएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ । त्यसै गरी आउने दिनहरुमा एनसीएचएलले एनपीएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्नेछ ।  

एनपीएस र एनसीएचएल दुवै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । यसरी दुइ पीएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो जसबाट नेपालको भुक्तानी पूर्वाधारको क्षेत्रलाई थप विस्तार र अन्तरबद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ ।