काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  

साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल ल्यूव आयल लि.को ३६ वर्षको ईतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यासमार्फत संचालित यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको स्वंय उपस्थितीबाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यम जूम एप मार्फत १५.०१ प्रतिशत उपस्थिति गरी ६८.१५ प्रतिशत सहभागी रहेको र उपस्थितीहरुबीच दुरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड समेत पालना गरी आफ्नै कर्पोरेट कार्यालयमा सम्पन्न भएको थियो ।

सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवंम कम्पनीसंग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयरहोल्डरको समेत कोभिड १९ बीमा गर्ने घोषणा गरे । 

साथै वक्ता रहेका शेयरहोल्डर समेतले आशा नगरेको वक्त्व्य दिईरहेको अवस्थामा कम्पनीले १० प्रतिशत लाभांस दिनु सञ्चालक समितीले सदैव शेयरहोल्डरहरुको हालको पहिलो प्राथमिकताके हुन सक्छ भनि अध्ययन गरेर नै प्रदान गरिएको होे भने । 

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।