काठमाण्डौ । नेपाल प्रहरीले शुक्रबार ठूलो संख्यामा प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त आह्वान गरेको छ। 

प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्रहरी कार्यालय सहयोगी पदअन्तर्गत विभिन्न क्षेत्रमा ३६० जनाका लागि नयाँ भर्ना खोलेको हो। जसअन्तर्गत भान्छे सबैभन्दा बढी २६१ जना माग गरिएको छ। 

यसैगरी माली÷बगैंचे ९ जना, हजाम १० जना, सिलाइ÷बुनाइमा १५ जना, कुचिकार ५० जना र खेलाडी १५ जना छन्। खेलाडीतर्फ फुटबल, भलिबल, क्रिेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तोलन विधातर्फ खेलाडीहरुले मात्र दरखास्त दिन पाउने छन्। 

दरखास्त सातवटै प्रहरी तालिम केन्द्र, काठमाण्डौ, भक्तपुर र ललितपुर महानगरीय प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयहरुमा बुझाउन सकिनेछ। दरखास्त दिँदा उम्मेदवारको उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा साधारण लेखपढ गर्न जानेको हुनुपर्नेछ।

दरखास्त मंसिर २ गतेदेखि खुल्नेछ। दरखास्त पुस ६ गतेसम्म बुझाउनुपर्नेछ।