काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल बंगलादेश बैंक लिमिटेडको नाफा ४१.९० प्रतिशतले बढेको छ।

बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा खुद नाफा ४० करोड २५ लाख रुपैयाँ रहेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ५ करोड ९८ लाख रुपैयाँ रहेको छ।

प्रथम त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ७८ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ५५ करोड ९४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६९ करोड २२ लाख रुपैयाँ रहेको छ। गत वर्ष यस्तो आम्दानी ७४ करोड ७९ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा बैंकले ६८ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ६६ अर्ब ४३ रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ३० कर्जा रुपैयाँ प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार १६ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भको आकार ३ अर्ब ९१ करोड रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा बैंकको खराब कर्जाको दर (एनपीएल) २१.३२ प्रतिशतले बढेर २.३९ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको खराब कर्जाको दर १.९७ प्रतिशत रहेको थियो।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि १८.९५ रुपैयाँबाट बढेर २६.८९ रुपैयाँ पुगेको छ। पीई रेसियो ८.०३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६२.५१ रुपैयाँ रहेको छ।