काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभावका कारण नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स लिमिटेडको व्यवसाय नराम्ररी प्रभावित बनेको छ।

कम्पनीको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद घाटा गत वर्षको यही अवधिको तुलनामा ३४२.२९ प्रतिशतले बढेर ६३ लाख ६९ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीको खुद १४ लाख ४० हजार रुपैयाँ थियो।

समीक्षा अवधि कम्पनीको सञ्चालन घाटा पनि बढेर ६३ लाख ६९ हजार रुपैयाँ पुगेको छ। गत वर्ष पनि सञ्चालन घाटा ९ लाख ५९ हजार रुपैयाँ थियो।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ लाख १७ हजार रुपैयाँले ऋणात्मक भएको छ। गत वर्ष खुद ब्याज आम्दानी १६ लाख ७ हजार रुपैयाँ थियो।

प्रथम त्रैमासमा कम्पनीले २० करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी १४ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २१ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

कम्पनीको रिजर्भको आकार समीक्षा अवधिमा बढेर २५ करोड २६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भको आकार २४ करोड ३४ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४.६९ रुपैयाँले ऋणात्मक भएको छ। पीई रेसियो ७१.२१ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.८४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९९.५० रुपैयाँ रहेको थियो।