काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको आर्थिक विवरण स्वीकृत गर्दै गत असार मसान्तसम्म कायम चुक्तापुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार ५५४ रुपैयाँको कुल ९.४७ प्रतिशतले हुन आउने ८४ करोड ८१ लाख ५२ हजार ६६५.९६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने बोनस सेयर र ३.४७ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी २७ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ।
24 minutes ago
1 hour ago
12 hours ago
12 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago