काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ८.८२ प्रतिशत हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।