काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको हिजो बुधबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सेयर प्रिमियमबाट चुक्तापुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँको १२ प्रतिशत हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। 

यसैगरी बैठकले वितरणयोग्य मुनाफाबाट ४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गर्ने बैठकले निर्णय गरेको छ।