काठमाण्डौ । नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृति लिई गत पुस २९ गते बुधबार महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यको सभापतित्वमा सीमित संख्यामा महासंघको सचिवालयमा भेला भई भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणाले गरे । सो सभामा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग, सचिव चन्द्र कुमार घिमिरे , वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिए ।
त्यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले भर्चुअल जुमबाट शुभकामना मन्तव्य व्यक्त दिए ।
वार्षिक सभाको बन्द सत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।
7 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago
1 day ago