काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बैंकको बिहीबार सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको तुलनामा ४.७७ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन मुनाफा पनि २.०८ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले २ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिसम्म ३ अर्ब ६ करोड रुपैयाँ रहेको थियो।
बैंकले यो अवधिसम्म १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भको आकार १८.३५ प्रतिशतले बढेको छ। गत वर्ष १० अर्ब २६ करोड रुपैयाँमा सीमित रिजर्भको आकार बढेर १२ अर्ब १५ करोड रुपैयाँको उचाइमा पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको निष्क्रिय कर्जा दर (एनपीएल) २.७५ प्रतिशत रहेको छ। जुन गत वर्ष २.९ प्रतिशत रहेको थियो। बैंकको आधार दर ८.५३ प्रतिशतबाट घटेर ६.५६ प्रतिशतमा झरेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २२.२७ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस २३.३९ रुपैयाँ रहेको थियो। बैंकको पीई रेसियो २१.७८ गुणा र प्रतिसेयर कुल नेटवर्थ २०७.३९ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago