काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा संस्थानको आठौँ केन्द्रीय अधिवेशनले रविन्द्र श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

लमजुङको घलेगाउँमा गत शुक्रबार र शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन पराजुली, महिला उपाध्यक्षमा कमला बस्नेत, महासचिवमा कृष्णप्रसाद प्याकुरेल, उपमहासचिवमा ध्रुव रेग्मी, सचिवमा वसु दाहाल, सहसचिवमा रमेश उपाध्याय र कोषाध्यक्षमा रोमा पन्थी र सहकोषाध्यक्षमा पशुपति दंगाल चयन भएका छन्। 

यसैगरी संघको सदस्यहरुमा क्रमशः बालकृष्ण अधिकारी, विमल घिमिरे, रामप्रसाद मिश्र, हुमबहादुर सरुमगर, सरिता भट्टराई, दीपेन्द्रप्रसाद गुप्ता, राजकुमार मडेल र नारायण गिरी चयन भएका छन्। 

अधिवेशन संघको राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।