काठमाण्डौ । नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार सर्वसम्मत रुपमा चयन भएका छन्।

आज सम्पन्न संघको निर्वाचनले मालाकार नेतृत्वको नयाँ कार्यसमितका सम्पूर्ण पदाधिकारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ तथा उपाध्यक्षहरुमा क्रमशः मीनबहादुर गुरुङ, सकुन्तला हीराचन र कुशप्रसाद मल्ली निर्वाचित भएका छन्।

यसैगरी संघको महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ र सचिवमा रामबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा रज्जु तण्डुकार निर्वाचित भएका छन्। सदस्यहरुमा भने उर्मिला श्रेष्ठ, नारायनदेव राणा र रमेश महर्जन चयन भएका छन्। 

नवनिर्वाचित अध्यक्ष मालाकारले नेपाल र कुवेतको व्यापारिक सम्बन्ध विस्तार र दुवै देशको पर्यटन प्रवर्द्धन विकासमा जोड दिएका छन्।