काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। 

कम्पनीले ‘सचेत बनौँ ! करोनाविरुद्धको यो लडाइ घरमै बसेर लडौँ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो तयार पारेको हो। यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ। 

यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ। आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ। 

भोलिका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरि पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ। भिडियोको अन्त्यमा सचेत बनौँ, कोरोना विरुद्धको यो लडाइँ घरमै बसेर लडौँ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ।

सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एन्ड ब्रान्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ठ भिडियो बनेको छ। हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ। पुष्कर महतौँको स्वर, संगीत र एरेन्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका हुन्। यसका साथै सन्तोष दवाडीद्वारा सम्पादित भिडियो अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ। 

भिडियो पोस्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका छन्। 

गीतको शब्द :

लडौ सँग सँगै, लडौ सँग सँगै

स्वस्थ बनि अघि बढौ हामी सँग सँगै

स्वस्थ बनि अघि बढौ हामी सँग सँगै

सबको पीडा उस्तै उस्तै देश साथमा छ

बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ

सबैको पीडा उस्तै उस्तै देश साथमा छ

बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ

बाचौ सँग सँगै बचाऔ सँग सँगै

नाच्दै गाउदै सबै रमाउला भोलि सँग सँगै

नाच्दै गाउदै सँगै रमाउला हामी सँग सँगै

(सचेत बनौ करोना बिरुद्धको यो लडाइ घरमै बसेर लडौ )