काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपर लिमिटेडको नाफा घटेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा ६५.०३ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ३ करोड २२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ।

यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि घटेर ४ करोड ९१ लाख रुपैयाँमा समेटिएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ७ करोड ६४ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ३०.५८ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा ८ करोड ६९ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेकोमा समीक्षा अवधिमा अवधिमा घटेर ६ करोड ३ लाख रुपैयाँमा सीमित बनेको छ। कम्पनीको अन्य आम्दानी भने १ लाख १३ हजार रुपैयाँबाट बढेर ३ लाख ४४ हजार रुपैयाँ भएको छ। 

कम्पनीको रिजर्भको आकार पनि घटेर १ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ५ करोड २९ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी २९ करोड ९० लाख रुपैयाँ कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५.०२ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १२.३९ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.५३ रुपैयाँ रहेको छ।