काठमाण्डौ । नेपाल टेलिकमको मोबाइल सेवामा बुधबार बिहानैदेखि प्राविधिक समस्या देखिएको छ।

काठमाण्डौसहित देशभरका पोस्टपेड र प्रिपेड दुवै किसिमका नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ। टेलिकमले अहिले समस्या समाधानका लागि प्रयास गरिरहेको छ। 

एक्कासि समस्या देखिनुका विषयमा थाहा भएको छैन। मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन्।