काठमाण्डौ । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान देखिएको समस्या २ घन्टामा समाधान भएको छ।

आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको टेलिकमले जनाएको छ। ‘सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएको हो’, टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

उक्त अवधिमा जीएसएम मोबाइलको टुजी, थ्रीजी र फोरजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको ख्यीत्भ् (ख्यष्अभ इखभच ीत्भ्) मा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोन (साना ननस्मार्ट फोन) मा समस्या नदेखिएको जानकारी प्राप्त भएको टेलिकमले जनाएको ।छ मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको पनि टेलिकमले जनाएको छ। 

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने कम्पनीको भनाइ छ। कुनै पनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए पनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ।