काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्म खुद बीमाशुल्क ५ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ।
आज सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड र जीवन व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १९.९३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब ६२ करोड रुपैयाँ र जीवन व्यवसायबाट ३१ करोड २२ लाख रुपैयाँ गरी ४ अर्ब ९४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको निर्जीवन र जीवन व्यवसायबाट कुल लगानी, कर्जा तथा अन्यबाट हुने आय ३१ करोड ६ लाख रुपैयाँ रहेको छ। यस्तो आय गत वर्ष २७ करोड १७ लाख रुपैयाँ रहेको थियो।
यो अवधिसम्म कम्पनीले निर्जीवन र जीवन व्यवसायमा गरी १ अर्ब ९८ करोड रुपैयाँ खुद दाबीभुक्तानी गरेको छ। जुन गत वर्ष १ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म कम्पनीले निर्जीवन र जीवन दुवैमा गरी ९२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्म तुलनामा १.०५ प्रतिशतले कम हो। गत वर्ष खु्द नाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको जगेडाको आकार निर्जीवन व्यवसायमा २ अर्ब ७३ करोड रुपैयाँ र जीवन व्यवसायमा ६३ करोड ७५ लाख रुपैयाँ गरी कुल ३ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म निर्जीवन र जीवन व्यवसायमा गरी जगेडामा कुल ३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो। चुक्तापुँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा २ अर्ब ३ करोड रुपैयाँ रहेको छ। गत वर्ष बीमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२.३४ रुपैयाँ रहेको छ। पीई रेसियो ६८.७० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.०५ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago