काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थी इन्टर्नको अवसर पाउने भएका छन्।

यस विषयमा सोमबार एक कार्यक्रमका बीच नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयू सम्पन्न भएको छ। नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो। 

नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतासँगै अब ग्लोबल कलेजका विद्यार्थीका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुनेछ। त्यसैगरी जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ। बीमा सचेतना अभियानमा ग्लोबल कलेजका साथ सहयोग रहनेसमेत सम्झौतामा समेटिएको छ।

सम्झौता कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो।