काठमाण्डौ । खराब कर्जा (एनपीएल) मा उल्लेख सुधार गरेको नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म २ करोड ६२ लाख रुयैयाँ नाफा आर्जन गरेको छ।

आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.२१ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले खराब कर्जा (एनपीएल) ३४.६९ प्रतिशतले घटाउँदै ४४.८२ प्रतिशतमा झार्न सफल भएको छ। अघिल्लो वर्ष खराब कर्जाको दर ६८.६३ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ३६.५९ प्रतिशतले घटेर १ करोड ६७ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ६३ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको खुद ब्याज आम्दानी घटेर २ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड ७० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले ७१ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी २९ करोड ७२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २० करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

कम्पनीको रिजर्भको आकार ५९.५६ प्रतिशतले बढेर ४३ करोड ९४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २७ करोड ५४ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको सीडी रेसियो ४७.९३ प्रतिशत र आधार दर १५.३९ प्रतिशत रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.८० रुपैयाँ रहेको छ। पीई रेसियो ५८.१७ गुणा रहेको कम्पनीको प्रतिसेयर आम्दानी १३३.२८ रुपैयाँ रहेको छ।