काठमाण्डौ । नेपाल हाइड्रो डेभलप लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको परिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा नेपाल हाइड्रोले २ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २६.३९ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि २९.८८ प्रतिशतले घटेर ७ करोड ३० लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष कम्पनीले १० करोड ४२ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो। 

चुक्तापुँजी २९ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ४०.५८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ४ करोड ९३ लाख रुपैयाँको रिजर्भको आकार घटेर १ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३६ प्रतिशतले घटेर ७.०४ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ११ रुपैयाँ रहेको थियो। 

पीई रेसियो ६७.२० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.८० रुपैयाँ रहेको छ।